५ गुणा बढ्यो मलेसियाको भिसा शुल्क

कात्तिक २४ । नेपाली कामदारको भिसा रेमिट्यान्स शुल्क पाँच गुणा बढेको छ ।

मलेसियाली दूतावासले ७ सय रुपैयाँबाट ५ गुणा बढाएर एकै पटक ३ हजार ९ सय रुपैयाँ पुर्‍याएको हो ।

एकैपटक बढाइएको ३ हजार २ सय रुपैयाँले पहिलो श्रम गन्तव्य मलेसिया जाने नेपालीलाई थप आर्थिक भार पर्ने देखिएको छ ।

यो वृद्धिमा भिसा स्ट्याम्पिङबापत मात्रै वाषिर्क ३२ करोड रुपैयाँ भन्दा बढी भार थपिने कारोबार दैनिकमा खबर छ । मलेसियामा वार्षिक १ लाखभन्दा बढी नेपाली काम गर्न जान्छन् ।

एकै पटक बढाउँदा कामदारलाई समस्या हुने भएकाले सरकारले कूटनीतिक माध्यमबाट घटाउन पहल गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

,

0 comments

Write Down Your Responses