जर्मनीका नेपालीलाई हँसाउन आउदै हाँस्य कलाकार टोलि

 नब राज रोस्यारा/म्युनिख जर्मनी
कार्तिक । जर्मनीमा रहेका नेपालीहरुका लागी महान चाड दिपावलीको अवसरमा अक्टोबर २६ जर्मनी  म्युनिखमा सांगीतिक कार्यक्रम तथा मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ ।

कार्यक्रमा नेपालका  ख्याती प्राप्त तथा  चर्चित हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढो)विल्सनबिक्रम राई (तक्मे बुढो) साथै गायक रोज मोक्तानको प्रमुख प्रस्तुती रहने छ ।

 यस्तै जर्मनी भित्र पनि निकै चर्चा कमाइसकेका कलाकारहरु श्रीमती कमला दाहाल, सन्तोष राज गुरुङ, बेल गुरुङ, चन्द्र श्रेष्ठ, उमेश सुब्बा र म्युनिखका स्थानीय नेपाली प्रतिभाहरुको  सांगीतिक एबं सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको  छ  ।

 एन्. आर्. एन्.जर्मनीको संयोजकत्वमा प्रबासी नेपाली समुदायमा कार्यरत हिमालयन परिवार, जनजाति समाज, जनसम्पर्क समिति, एन् डी एफ्, संघिय समाज जर्मनी, इन्सोफ जर्मनी लगायत स्थानीय बिद्यार्थीहरुको समेत संयुक्त सक्रियतामा कार्यक्रम आयोजना हुन लागेको हो।

0 comments

Write Down Your Responses