टेलिभिजनले यौनक्रिडा प्रत्यक्ष प्रसारणसहितको कार्यक्रम देखाउने

असोज ११ । लण्डनको एक टेलिभिजनले यौनक्रिडा प्रत्यक्ष प्रसारणसहितको कार्यक्रम देखाउने भएको छ ।

एउटा जोडीलाई साउण्ड प्रूफ र अपारदर्शी बाकसमा यौन सम्बन्ध राख्न लगाईने र उक्त कार्यलाई लण्डनबाट प्रसारण हुने च्यानल–४ ले प्रत्यक्ष प्रशारण गर्ने एजेन्सीहरुले जनाएका छन् ।

यौनक्रिडा सक्किए पछि सोही जोडीसँग यौनक्रिडाको अनुभूतिका बारेमा अन्तवार्ता लिईने र त्यसको पनि प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

 च्यानल–४ सेक्स सम्बन्धी कार्यक्रमका लागि नाम कमाउँदै आएको छ ।

सेक्स बक्स नाम राखिएको उक्त प्रसारण अन्तर्गत पहिलो प्रत्यक्ष प्रसारण सहितको कार्यक्रम ७ अक्टोवर २०१३ मा देखाईने छ ।

0 comments

Write Down Your Responses